हेटौँडा । बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूका लागि डेढ करोड सहयोग उपलब्ध गराउने भएको छ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको उद्धार, राहत तथा उपचारका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको हो।


नेपाल कर्म । १८ कार्तिक २०८०, शनिबार १२:४९