सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि घाइतेहरुको उद्धारका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एम्बुलेस तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
शनिबार वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालको अध्यक्ष्मा बसेको वीरेन्द्रनगर नगर अस्पताल सञ्चालन तथा व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो।



उक्त बैठकले भूकम्पमा परी घाइतेहरुको उपचारमा सहयोग गर्नका लागि नगर अस्पतालका डा. कमल धितालको नेतृत्वमा स्वास्थ्यकर्मी टिम खटाउने, नगर अस्पतालमा घाइते बिरामीहरुको उपचारका लागि तयारी अवस्थामा राख्ने, बेडहरु तथा स्वास्थ्यर्की परिचालन गर्ने निर्यण गरेको छ।
यस्तै, प्रेदश अस्पताल र नगर नगर अस्पतालमा उपचार गराउने घाइते बिरामी कुरुवाका लागि अस्पतालमासँग समन्वय गरि खानाको व्यवस्था गनेृ, नगर अस्पतालमा उपचार गराउने घाइते बिरामिहरुका लागि औषधी तथा औषधी जन्य अन्य सामाग्रीहरुको तत्काल वयवस्थापन गर्ने निर्णय भएको छ।

नेपाल कर्म । १८ कार्तिक २०८०, शनिबार ११:२९