भूकम्पपछि यसरी ढले जाजरकोटका घरहरु

सुर्खेत । शुक्रबार राति ११ः ३७ मा जाजरकोटको बारेकाेट गाउँपालिका-१ रामिडाँडा केन्द्र भएर गएकाे भुकम्पले हजाँराै घरहरुमा क्षति गरेकाे छ। ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकाेट रुकुमपश्चिम जिल्लामा जनधनकाे ठूलाे क्षति गरेकाे छ।



बेपत्ताहरूको खोज, उद्धार र घाइतेहरूको उपचार व्यवस्थापनका लागि १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रतर्फ जाजरकाेट पुगेका छन्।

जाजरकाेट पुगेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले प्रमुख जिल्ला अधिकारि सुरेश सुनारबाट जिल्लाको अवस्थाको बारेमा जानकारी लिएका छन्।

पछिल्लाे जानकारीअनुसार, अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १ सय २८ जनाको मृत्यु भएको छ। जसमा मध्ये जाजरकाेटका ९२ र रुकुमपश्चिका ३६ जना छन्।

यस्तै, डेढ सयभन्दा बढी घाइते भएका छन् ।

यसैबीच भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गाका अधिकांश घरहरूमा क्षति गरेको छ।

हेर्नुहोस् तस्वीरहरूः

 

तपाईको प्रतिक्रिया