सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ। भुकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रवक्ता तथा कृष्ण जिसीले जाजरकोट को रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्पका विषयमा शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको जानकारी दिए।
उनले भने, ‘आज बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पका परी घाइतेहरुको उद्धारका लागि आवश्यक पर्ने सबै स्रोत साधान परिचालन गर्ने र खाद्यन्न अभाव हुन नदिन सरकारले नेपालगन्ज, दाङ र सुर्खेतबाट आवश्यक खाद्य सामाग्री ढुवानी गर्ने निर्णय गरेको छ।’

शुक्रबार राति गएको ६.४ म्याग्नेच्युटको भूकम्पका कारण जाजरकोट र रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ।

जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटकाअनुसार एक सय भन्दा धेरै मानिस घाइते भएका छन्।

नेपाल कर्म । १८ कार्तिक २०८०, शनिबार ०८:१५