सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु ८५ बढी घाइते भएका छन्।
पछिल्लो अपडेट अनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए।
डिएसपी नमराज भट्टराईका अनुसार ८५ जना भन्दा बढी घाइते भएका छन्।


प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन्।
भूकम्पले कारणले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन्।

नेपाल कर्म । १८ कार्तिक २०८०, शनिबार ०६:५७