लागूऔषधसहित जुम्लाबाट तीन जना पक्राउ

सुर्खेत । जुम्लाबाट लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चन्दननाथ नगरपालिका–७ महतगाउँका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।



पक्राउ पर्नेमा २० वर्षीया लक्ष्मण बम, अन्दाजी १८ वर्षीय कपिल महत र न्दननाथ नगरपालिका–१० का ४० वर्षीय प्रकाश न्यौपाने रहेका छन्।

उनिहरुलाई सडकमा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले चेकजाँच गर्दा लक्ष्मण बमको कालो झोला भित्र राखेको सर्टको बायाँ खल्तीमा हरियो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो।

उक्त धुलो पदार्थ नापतौल गर्दा ४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया