सुर्खेत । अब कुनैपनि मानिस बिरामी वा घाइते भएको खण्डमा सहि समयमा अस्पताल पुर्र्याउन आत्तिनुपर्ने छैन्। तर मात्र एम्बुलेन्स चाहिने बित्तिकै निशुल्क टोलफ्रि नम्बर १०२ मा फोन गरी खबर गर्नुपर्नेछ।
कुनैपनि ठाउँमा कुनैपनि मानिस बिरामी वा घाइते भएको खण्डमा सोही ठाउँबाट सिधै १०२ नम्बरमा फोन गरी एम्बुलेन्स बोलाउन सकिने छ । यो सेवा कर्णाली प्रदेशसँगै देशभरका लागि हो।


एम्बुलेन्स बोलाउने व्यक्तिले आत्तिएर घटना वा परिस्थिती बताउन नसकेपनि जीपीएसका आधारमा फोन आएको स्थान पत्ता लगाई एम्बुलेन्स पठाइने छ । जसका लागि सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्र स्थापना गरिएको छ।

शुक्रबार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा आयोजित राष्ट्रिय एम्बुलेन्स निर्देशिका प्रादेशिक प्रेषण केन्द्र तथा १०२ नम्बर बारे अन्तरक्रिया कार्यक्रमका अवसरमा सरोकारवालासँग निशुल्क टोलफ्रि नम्बर १०२ र एम्बुलेन्स सेवाका बिषयमा छलफल गरिएको छ।
सो अवसरमा हाल कर्णाली प्रदेशमा ८७ वटा एम्बुलेन्स रहेको जानकारी दिदै जसमध्य ४१ वटा एम्बुलेन्स जीपीएस माध्ययममा जोडिएको बताइएको छ। २४ सै घण्टा सेवा दिने गरी संचालनमा रहेका एम्बुलेन्सहरु विस्तारै सबै जीपीएस माध्ययम जोडिने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीले बताए।

नेपाल कर्म । १७ कार्तिक २०८०, शुक्रबार १७:३३