नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन : अध्यक्षमा घर्ती, सचिवमा विनाेद

सुर्खेत । सुर्खेतमा व्यवसायिक रुपमा फुल (पुष्प) खेती गर्दे आएका किसानहरु संगठित भएका छन्।



शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न व्यवसायीहरुको भेलाले हिराबहादुर घर्तीको अध्यक्षतामा नेपाल पुष्प व्यवसायी संघ सुर्खेत गठन गरेको हो।

जसको उपाध्यक्षमा उविसरा थापा, सचिवमा विनोद शर्मा, सहसचिवमा अशोक चौधरी र कोषाध्यक्षमा रुवि आचार्य चयन भएका छन्।

यस्तै, सदस्यहरुमा रामप्रसाद भण्डारी, मानबहादुर राना, प्रशुराम धमला, रिता भारती, कृष्ण शर्मा, समिर खत्री, हिमानी कोइराला र रमेश विसी, रहेका छन्।

व्यवसायिक रुपमा उत्पादन सुरु भएपनि व्यवसायिक समस्या छलफल गर्ने ठाउ तथा समस्या पैरवी गर्ने सस्था नभएकाले आफुहरु संगठित भएको उनीहरुको भनाई छ।

एउटै बस्तु उत्पादन गर्दे आएका व्यवसायीहरुको वजारी करणका लागी तथा हक अधिकार संरक्षण गर्नका लागी आफुहरु संगठित भएको अध्यक्ष हिरा वहादुर घर्तीले बताए।

सुर्खेतमा नै उत्पादन भएको फुलको प्रयोग गर्न तथा प्लास्टीक जन्य माला आयातमा रोक लगाउन सघले माग गरेको उनको भनाइ छ।

व्यवसायीक रुपमा उत्पादन भएपनि फुलको बजारमा मुल्य एकरुपता नभएकाले थोक तथा खुद्रा मुल्य निर्धारण गरिएको अध्यक्ष घर्तीले बताए।

उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दे थोकमा प्रती केजी २ सय ५० देखि ३ सयसम्म उपलब्ध गराएको छ।

तपाईको प्रतिक्रिया