गाजामा इजरायली बमबारीबाट मारिनेको संख्या ९ हजार नाघ्यो, ३७ सय बालबालिका

एजेन्सी । अक्टोबर ७ यता इजरायलको बमबारीबाट गाजामा मारिनेहरुको संख्या ९ हजार ६१ पुगेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।



तीमध्ये ३ हजार ७६० जना बालबालिका र २ हजार ३२६ महिला रहेको बताइएको छ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १४ सय इजरायलीको ज्यान गएको थियो।

त्यसको बदलामा इजरायलले गाजामा बमबारी सुरु गरेको थियो। इजरायलले अस्पताल र शरणार्थी शिविरमा समेत बम खसाएको छ। सो क्रममा सयौँको मृत्यु भएको छ।

यसरी इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको र युद्ध अपराध गरेको भन्दै विश्वव्यापी विरोध भइरहेको छ।

केही दिनयता इजरायलले गाजामा स्थल आक्रमण पनि गरिरहेको छ। सो क्रममा इजरायलका १८ सैनिक मारिएको बताइएको छ।

मारिनेमध्ये लेफ्टिनेन्ट कर्णेल सलमान हबका सबैभन्दा उच्चपदस्थ रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया