रिहा भएसँगै चक्र बम लेख्छन्– मलाई न तास खेल्न आउँछ, न खेलेको बुझ्छु

काठमाडौँ । जुवातास खेलेको आरोपमा प्रकाउ परेका गायक चक्र बमले रिहा भएसँगै स्पष्टीकरण दिएका छन्।



बमले फेसबुकमार्फत एक स्टाट्स लेख्दै आफू बिनागल्ती कानुनी घेरामा परेको उल्लेख गरेका छन्।

आफूलाई तास खेल्न समेत नआउने उनको भनाई छ।

‘गएको शनिबार दिउँसोको सबै काम सकेर साँझ तिर नयाँ गितको सल्लाहका लागी कोरियोग्राफर गम्भिर बिष्ट दाईको डान्स क्लास स्टुडियोमा पुगेको थिएँ।

त्यहाँ पुग्दा केहि साथीहरु तास खेल्दै हुनुहुन्थ्यो। त्यो बेलामा मैले दाईलाई केहि समय कुर्दै छेऊमा बसेको थिएँ। मलाई न तास खेल्न आउँछ, न राम्रोसँग खेलेको बुझ्दछु।

एउटै ठाउँमा देखेपछि प्रहरीले खेल्ने, हेर्ने सबैलाई कानुनी घेरामा हालेको हो,’ उनले लेखेका छन्।

मिडियाले आफ्नो नाम र तस्विर छापेर समाचार बनाएको भन्दै सत्यतथ्य बुझेर मात्रै समाचार बनाउन अनुरोध गरेका छन्।

साथै दर्शकहरूले यहाँसम्म पुर्‍याएको र आफूले कहिल्यैपनि दर्शकको मन नदुखाउने उनको दाबी छ।

गत शनिबार मैतिदेवीको डान्सबारबाट बमसहित ९ जनालाई जुवा खेलेको आरोपमा प्रहरी वृत अनामनगरले प्रकाउ गरेको थियो।

तपाईको प्रतिक्रिया