सुर्खेत । सर्वोच्च अदालतले राष्ट्रपतिले गरेको कैद मिनाहा बदर गर्दै योग ढकाल (रिगल) लाई कैद गर्न परमादेश दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको न्यूरोड क्षेत्रबाट रिगललाई पक्राउ गरिएको बाँकेका एसपी सुभास बोहोराले जानकारी दिए ।

गत ३ असोजमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा उनको कैद मिनाहा गरेका थिए । कैद मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका रिगल कैदमुक्त भएका थिए ।


त्यसपछि उनकी रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारतीय शेर्पाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा आज सर्वोच्चले फैसला सुनाउँदै रिगललाई बाँकी रहेको कैद सजाय दिन भनेको थियो ।

नेपाल कर्म । १६ कार्तिक २०८०, बिहीबार १६:५८