काठमाडौँ । ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १६ औं ओभरमा ८ विकेट गुमाएर मात्र ८५ रन बनाएको छ।
नेपालका ओपनर कुशल भुर्तेल २६ रनमा बोल्ड आउट भए। १८ बलमा १ चौका र ३ छक्का हानेका भुर्तेल मेहर खानको बलमा बोल्ड भए।
सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोरा समान १२ रनमा पवेलियन फर्के।


कुशल मल्ल १० र आशिफ शेख ५ रनमा आउट भए। गुलसन झा ३ र सन्दीप लामिछाने २ रनमा आउट भए।
१७ औं ओभरको खेल जारी रहँदा नेपालले ८ विकेटको क्षतिमा ९१ रन बनाएको छ। क्रिजमा विवके यादव १५ र करण केसी शुन्य रनमा नटआउट छन्।

नेपाल कर्म । १६ कार्तिक २०८०, बिहीबार १२:२२