चौथो विकेटका रुपमा कप्तान पौडेल आउट

काठमाडौँ । विश्वकप छनौट खेल अन्तरगर्तको ओमानविरुद्धको खेलमा चौथो विकेटकारुपमा कप्तान रोहित पौडेल आउट भएका छन्।



ओमानविरुद्धको खेलमा १२ बल खेल्दै १२ रन बनाएर कप्तान पौडेल आउट भएका हुन्।

यससँगै, ८ ओभरमा ४ विकेटको क्षतीमा नेपालले ५६ रन बनाएको छ। नेपालले यतिबेला ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ।

यसअघि, २६ रन बनाउँदै ओपनर कुशल भुर्तेल आउट भइसकेका छन्। यस्तै, ५ रन बनाएर आसिफ पेभेलियन फर्किँदा सोमपालले १२ रन मात्रै बनाउन सके।

तपाईको प्रतिक्रिया