सुर्खेत । एमाले नेता गोरखबहादुर बोगटीले पार्टीले गरेको चियापान कार्यक्रमले राजनीतिक दलका शीर्ष नेताहरुबीचको आपसी सदभावलाई प्रगाढ बनाउन सघाएको बताएका छन्।
एमालेका स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज समेत रहेका नेता बोगटीले चियापान कार्यक्रमले राजनीतिक दलहरुकोबीचमा समझदारी कायम तथा दलका शीर्ष नेताहरुबीच आपसी सदभाव बढेको बताएका हुन्।
नेता बोगटीले हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीकोतर्फबाट यहीँ कार्तिक १५ गते पार्टीको केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बडा दसैँ, शुभदीपावली, नेपाल सम्वत, छठ पर्व लगायतका नेपालीहरुका महत्वपूर्ण चाडपर्वको सन्दर्भमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको बिषयलाइ सर्वत्रबाट महसुस गरिएको जानकारी दिए।


उनले भने, ‘यस कार्यक्रमले हजारौं जना एमालेका नेता कार्यकर्ता, शुभचिन्तक तथा समर्थकहरुकोबीचमा भौतिक उपस्थितिमा शुभकामना आदानप्रदान एवम् भलाकुशारी गर्ने अवसर प्रदान गरेको छ। यसले राजनीतिक दलहरुकोबीचमा समझदारी कायम गर्न तथा दलका शीर्ष नेताहरुबीचको आपसी सदभावलाई प्रगाढ बनाउन पनि सघाउ पुर्याएको छ।’
यस्तै, नेता बोगटीले साथै चियापानमा भएको विभिन्न क्षेत्रको उत्साहजनक सहभागिताले एमाले र यसको नेतृत्वप्रतिको भरोषाले अझै उचाइलिदै गरेको कुरालाई पनि उजागर गरेको दाबी गरे। उनले भने, ‘यो आम प्रत्यक्षदर्शीहरुको अन्तर हृदयको बुझाइ हो भन्ने लागेको छ।

नेपाल कर्म । १६ कार्तिक २०८०, बिहीबार १०:४१