काठमाडाै । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् । देशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसाे मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।


नेपाल कर्म । १५ कार्तिक २०८०, बुधबार ११:०२