भारतले प्याज निर्यातमा न्यूनतम मूल्य तोक्यो, प्रतिटन ८०० अमेरिकी डलर

भारत  । भारत सरकारले स्थानीय बजारभाउ नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८०० अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ।



स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो। यो नियम आईतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ।

यो निर्णयसँगै सरकारले बफरका लागि थप २ लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने ५ लाख टनभन्दा बढी खरिद भइसकेको मन्त्रालयले जनाएको छ ।

भारतमा विगत दुई हप्तामा प्याजको मूल्य ५० प्रतिशतभन्दा अधिकले बढेको प्रतिवेदनले जनाएको छ।

तपाईको प्रतिक्रिया