आईसीसी विश्वकप : आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र पाकिस्तान भिड्दैछन्। यी दुई टोलीबीचको खेल इडेन गार्डेन रंगशाला कोलकातामा दिउँसो सवा २ बजे शुरु हुनेछ।



जारी प्रतियोगितामा पाकिस्तानले आफ्ना ६ मध्ये २ खेलमा जित निकालेको छ भने समान ६ खेल खेलेको बंगलादेशले एक खेलमात्र जितेको छ। यी दुवै टोली आज जित निकाल्दै अंक तालिका सुधार गर्ने ध्याउन्नमा छन्।

यी दुई टोलीबीचका पछिल्ला ५ वटा एक दिवसीय प्रतियोगितामा बंगलादेशले ३ तथा पाकिस्तानले दुई खेलमा जित हासिल गरेको छ ।

यसअघि गएराति भएको खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध सहज जित निकालेको छ। पुणेमा भएको खेलमा श्रीलंकाले दिएको २ सय ४२ रनको पछ्याएको अफगानिस्तानले ४५ दशमलब २ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।

गएरातिको जितसँगै ६ खेलबाट ६ अंक जोडेको अफगानिस्तानले अन्तिम चारमा पुग्ने सम्भावनालाई जिवित राखेको छ।

तपाईको प्रतिक्रिया