जुम्लाबाट दुई फरार प्रतिवादी पक्राउ

सुर्खेत । जुम्लामा विभिन्न मुद्धामा कैद सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ गरेका छन्। प्रहरीले लेनदेन र सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको हो।



पक्राउ पर्नेमा लेनदेन बिगो भराउने मुद्दामा जुम्ला अदालतबातट ४ महिना १५ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी ४८ वर्षीया टेकबहादुर रावत रहेका छन्। उनलाई चौकि डिल्लिचौरबाट खटिएको प्रहरीटोली रावतको घर जुम्लाको पातारासी गाउँपालिका ३ चौरगाउ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई पनि उनकै घर पातारासी गाउँपालिका–३ बाट प्रकाउ गरेको छ।

पक्राउ पर्नेमा २५ वर्षीय अशोक बुढा रहेका छन्। अशोकलाई जिल्ला अदालत जुम्लाको २०७८ माघ १० गते भएकाे फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना ४ दिन कैद सजाय तोकिएको छ।

तपाईको प्रतिक्रिया