सुर्खेत । लोकदोहोरी गायिका हरिमाया कार्कीले बस्यो माया बोलको गीत सार्वजनिक गरेकी छन् । कविराज गिरी र हरिमाया कार्कीको स्वरमा रहेको गीत उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् ।
गीतका मध्यमबाट कर्णालीको प्रमुख प्रयटकीयस्थल मध्यको एक बुलबुल तालकासमेते प्रचार गरिएको छ । साथै, गीतले प्रेममा रहेका जोडीहरुको भावना समेटेको छ । पहिलो प्रेमले मनमा ल्याएको खुसी र उमङ्गका अनुभूतिहरुलाई समावेश गरिएको गायिका कार्कीले जानकारी दिइन् ।
भिडियोमा मुकेश थापा र अनु जि.सी.को अभिनय रहेको छ । साथै, कलाकारहरु शेखर घर्ती, सरिता बुढा, प्रेम थापा र लक्ष्मी गिरी लगायतको नृत्य रहेको छ । अर्जुन सापकोटाले छायाङ्कन गरेको भिडियोमा चन्द्रबहादुर मन्दिरले निर्देशन र निर्मल प्याकुरेलले सम्पादन गरेका छन् ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्षसमेत रहेकी कार्की २०५७ सालदेखि कालाकारितामा लागेकी हुन् । उनी २०६० सालमा बाँकेमा भएको राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम भएकी थिइन् ।

नेपाल कर्म । १३ कार्तिक २०८०, सोमबार ०८:१९