राष्ट्रपति पौडेलसँग महासचिव गुतेरसको शिष्टाचार भेट

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।



आइतवार राष्ट्रपतिभवन शीतलनिवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्।

राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुतेरसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए।

यसअघि महासचिव गुतेरसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेतासँग भेट गरेका थिए।

चारदिने नेपाल भ्रमणका क्रममा रहेका उनले सोमवार र मंगलवार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा आधारशिविर, अन्नपूर्ण आधारशिविरको भ्रमण गर्ने र मंगलवार संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

तपाईको प्रतिक्रिया