सालको रुखमा फोटो टाँस्दैमा केही फरक पर्दैन : सांसद शाही (भिडियाे)

सुर्खेत । सुर्खेत पश्चिममा रहेकाे बड्डीचाैर-खम्बगाडे सडक निर्माण नगरेकाे विराेधमा माननीयकाे फाेटाे टाँसेपछि प्रतिनिधि सभा सदस्य दिक्पाल शाहीले मुख खाेलेका छन् । उनले सडक नबन्नुमा कार्यालयकै कमजाेरी भएकाले सालका रुखमा फाेटाे टास्दैमा आफूलाई कुनै फरक नपर्ने नेपालकर्मसँग बनाएका छन् ।



शाहीले आफ्नो कारणले सडक विस्तारमा समस्या नभएको बताए । उनले भने, ‘मुख्य कुरा ईआईए जस्ता कामहरु नभएका कारण सडक विस्तारमा ढिलाई भएको हो।’

सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको लामो समय भइ सक्दासमेत बन्न सकेकाे छैन् ।

कर्णाली प्रदेशकाे पूर्वाधार विकास निर्देशनालयले ०७९ असारमा याे सडक कालाेपत्रेका लागि सम्झौता गरेको थियो । २०८१ असारमा सकिसक्नु पर्ने याे सडक रूख कटान नहुँदा अलपत्र अवस्थामा छ ।

दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद शाहीलाई पश्चिम सुर्खेतका नागरिकले पोष्टरमा टाँसेर प्रश्न गरेको तस्बरीर यती बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

 

तपाईको प्रतिक्रिया