राष्ट्रवादी नेता ओलीविरुद्ध प्रतिक्रियावादीहरुले हिलो छ्याप्ने काम गरे : नेता बोगटी

सुर्खेत । नेकपा एमाले नेता गोरख बोगटीले एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिक्रियावादीहरुले हिलो छ्याप्ने काम गरेको टिप्पणी दिएका छन्। नेकपा एमाले स्थायी कमिटि सदस्य बोगटीले देशभर एमाले नेतृत्वप्रतिको बढ्दो आकर्षणप्रति कुण्ठा पालेका प्रतिक्रियावादीहरुले ओलीमाथि हिलो छ्याप्ने काम गरेको टिप्पणी गरेका हुन्।



नेता बोगटीले तीन वर्ष अघी भारतीय गोदी मिडियाले तयार गरेको फेक रिपोर्टलाई लिएर भ्रम सृजना गरेको उल्लेख गर्दैं एमाले नेता बोगटीले पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीमाथिको भ्रम बेतुकको प्रचार भएको दावी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो ललेका छन्, ‘नेपाल राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाको लागि चट्टानी अडानसहित नेतृत्वदायी भूमिका खेल्दै आउनु भएका, देशको सुशासन, समृद्धि र विकासका लागि एक कुशल स्वप्नद्रष्टा तथा योजनाकारका रुपमा अब्बल सावित भैसक्नु भएका हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रती कहिले उग्रवामपन्थी तत्वहरुले त, कहिले दक्षिणपन्थी तत्वहरुले त, कहिले घोर दक्षिणपन्थी तथा राजावादी तत्वहरुले विभिन्न बवषयलाई जोडेर सुनियोजित षडयन्त्रपुर्वक हुदैन भएका मिथ्या आरोप लगाएर न्याप्रेमी एवम् विवेकशील नेपाली जनतामा भ्रम छर्ने कुत्सित मनसायकासाथ अफबाह फैलाउने हर्कतहरु गर्दै आएका हुन्।’

एमाले सुर्खेत जिल्ला ईन्चार्ज समेत रहेका नेता बोगटीले अगाडी लेखेका छन्, ‘त्यसैको सेरोफेरोमा हिजो आज राजावादी केही अराजक तत्वहरुबाट कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको भन्ने अफबाह फैलाउने दुष्प्रयत्न भैरहेको छ। आरोप प्राविधिक नभै राजनीतिक रुपबाट प्रेरित हो। त्यो पनि अराजनीतिक र अनैतिक सोचबाट ग्रसित छ भन्ने बारेमा जो कोहीलाई स्पष्ट हुनुपर्छ।’

यस्तै, नेता बोगटी आफ्नो शेषपछी नीजी सम्पत्ती राष्ट्रको नाममा समर्पण गर्ने स्वघोषणा गरेका विशाल हृदयका धनीका रुपमा पनि परिचित भएका नेताप्रती लगाईएको आरोप अस्वभनीय एवम् अनैतिक हो भन्ने जो कोहीको पनि मनमा उब्जेको हुनुपर्ने बताएका छन्।

साथै उनले गलत हर्कतबाट नेकपा एमाले र यसको मुल नेतृत्वलाई नेपाली जनताको नजरमा कमजोर बनाउन सकिन्छ कि भन्ने गलत तत्वहरुको उद्देश्य रहेको स्पष्ट बुझ्न सकिने बताए।

बोगटीले बिगतदेखिहुँदै आएका एमाले लक्षित अस्वभनीय तथा निन्दनीय हर्कतहरु दिवास्वप्ना सावितहुँदै आएको बताए। उनले भने, ‘अहिलेको बेतुकको यो आरोपले पनि एमाले र यसको नेतृत्वप्रतिको आम नेपालीको भरोसा र मायामा कुनै तात्विक असर नपर्ने कुरा पनि स्पष्टै छ। जे होस् एमालेको नेतृत्वप्रती विभिन्न समयमा हुने गरेका झुट्टा आरोप, लान्छ्ना तथा भैरहेका विभिन्न खाले हमलालाई एमाले पङ्तिले आआफ्नो ठाउँबाट उचित समयमै सशक्त खण्डन तथा भण्डाफोर गर्न थप जरुरी भएको देखिन्छ।’

तपाईको प्रतिक्रिया