राष्ट्रवादी नेता ओलीमाथिको आक्रमण राष्ट्रमाथिको आक्रमण हो : नेता शाह

सुर्खेत । नेकपा एमाले नेता विनोदकुमार शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको अरोप राष्ट्रमाथिको आक्रमण भएको बताएका छन्। एमाले कर्णाली प्रदेशका पूर्वअध्यक्ष शाहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन्।



उनले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीको बदनाम गर्न भारतीय मिडियाले प्रशासरण गरेको ३ वर्ष पुरानो ‘फेक रिपोर्ट’ लाई हतियार बनाएर विभिन्न अराजक तत्वहरुले प्रोपगण्ड मच्चाएका छन्। पछिल्लो समय भारतीय मिडियाको गलत रवैया र अविश्वसनीय उक्त प्रचारलाई फैलाएर भ्रमको खेती गरिएको छ।’

साथै एमाले नेता शाहले भारतीय मिडिया च्यानलले ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनेर प्रसारण गरेको फेक भिडिओ क्लिपका विषयमा माफीसमेत मागिसकेको भएपनि उक्त विषयलाई लिएर विभिन्न भ्रम सिर्जना गर्नु निन्दनीय भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘नेपालको राष्ट्रियतामाथि आँच आउँने, राष्ट्र, राष्ट्रियता र नेपालको समृद्धि लगायतका विषयमा आफ्नो सम्पति समेत राष्ट्रलाई समर्पण गरेका राष्ट्रवादी नेता अध्यक्ष क।केपी शर्मा ओलीमाथी लगाईएको यो आरोप नितानन्त गलत छ। राष्ट्रवादी एवम् विकासप्रेमि नेता केपी ओलीमाथिको आक्रमण राष्ट्रमाथिको आक्रमण हो।’

तपाईको प्रतिक्रिया