सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै घरका चार जनाको हत्या गरिएको छ।
मुन्दु गाउँमा एकै घरपरिवारका चार जनाको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रहरीले जनाएको छ।
एकै घरका २८ वर्षीया श्रीदेबी बोहोरा, ७ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी छिता बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको हत्या भएको हो।

घरमा घाटी रेटि हत्या गरिएको अवस्थामा शुक्रबर बिहान साढे ९ बजेको समयमाले स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
हत्या भएको खबर पाउन बित्तिकै पिना प्रहरी चौकि र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाको कमान्डमा प्रहरी घटना स्थलमा पुगेको छ।

प्रहरी नायव उपरीक्षक थापाले दियको जान्कारि अनुसार घटना दुइ दिन अगाडी भएको अनुमान गरिएको छ। आठ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले शुक्रबार बिहान ९ बजे तिर ढोका खोल्दा चारै जनाको बिभत्स रुपले हत्या भएको अवस्थामा गाउँलेहरुले देखेका थिए।
अहिले प्रहरीले घटना स्थललाई घेरा हालि अनुसन्धानको प्रक्रिया अगाडि बडाउदै छ। आबस्यक प्रक्रिया अगाडी सकेपछि पोस्टमाटमकलागि जिल्लामा अस्पतालमा लैजाने प्रहरीले जानकारी दिएको छ।
हत्या गरिएकि महिलाको लगाएको गहना समेत निकालिएकोले धनमाल समेत चोरीभएको हुनसक्ने प्रहरीले जनाएको छ।
हत्या गरिएकि महिलाको पति एक बर्ष देखि वैदेशिक रोजगारमा स्वदेश बाहिर छन्।

नेपाल कर्म । १० कार्तिक २०८०, शुक्रबार १५:२९