बझाङमा बुधबार राति हेल्थपोष्ट फोडेर तीन बट्टा कण्डम चोरी

बझाङ । बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको छ।



बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्ट तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ।

तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया