काठमाडाै । नेपालमा जारी त्रिदेशीय टी-२० आई अन्तर्गत शनिबार भएको खेलमा नेपालले हङकङविरुद्ध ७९ रनको जित निकालेको छ । सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २१३ रनको विशाल स्कोर खडा गरेको थियो । २१४ रनको विजयी लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३ रनमा समेटिँदा नेपालले ७९ रनको जित निकालेको हो ।

ब्याटिङतर्फ नेपालका कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेलेका थिए । मल्लले ४१ बलमा ३ चौका र ९ छक्कासहित ९२ रन बनाएका थिए । त्यस्तै ऐरीले ३४ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको योगदान दिए ।


उता नेपालका ओपनरद्वय कुशल मल्ल २ र आशिफ शेख २० रनमा आउट भएका थिए । त्यस्तै सोमपाल कामी ८ र कप्तान रोहित पौडेल ११ रनमा आउट हुँदा नेपालले खराब सुरुवात गरेको थियो । तर, मल्ल र ऐरीको विस्फोटक ब्याटिङका मद्दतले नेपालले २१३ रनको स्कोर खडा गरेको हो । उता सन्दीप जोरा र गुल्सन झा समान १/१ रन बनाएर नटआउट रहे । बलिङतर्फ करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २/२ विकेट लिए । त्यस्तै प्रतिस जिसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएपछि हङकङ १३४ रनमा समेटिएको हो ।
आजको खेलमा कुशल मल्ल प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

नेपाल कर्म । ४ कार्तिक २०८०, शनिबार १४:५७