सुर्खेत । नेकपा क्रान्तिकारी पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । प्रवत्ता बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोको ठक्करट दाङको राप्ती गाउँपालिका–५, का २९ वर्षिय बसन्तराम चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट सुर्खेततर्फ जादै गरेको अवस्थामा विपरित दिशातर्फ गइरहेको चौधरी सवार रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई बास्तोलाले चलाएको स्कार्पियोले ठक्कर दिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते चौधरीको थप उपचारका लागि स्वास्थ्य चौकी सिसहनियाँमा पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–९ स्थायी घर भएका प्रवक्ता बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


नेपाल कर्म । ३ कार्तिक २०८०, शुक्रबार १४:३८