एमाले नेता कँडेलले पूर्वराजालाई भने : ‘जुन कार्यकर्ता पछाडी हिँडेका छन् त्यही पार्टीको अध्यक्ष बने भयाे’

सुर्खेत । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसंस्था फर्काउने कुनै आश नगर्न चेतावनी दिएका छन्। आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको चौथो बैठकमा बोल्दै नेता कँडेलले पूर्वराजा शाहले गरेका गतिविधिका प्रगतिले समाजमा द्धन्द्ध निम्ताउँने बताए।



शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतका पूर्वराजा शाहको टोलीलेसहितको उपस्थितिमा भएको कार्यक्रम र राजाले गरेको सम्बोधनलाई लिएर ‘आफ्नो परिवारको बंश बचाउन सकेन् त्यसले देश बचाउन सक्छ?’ टिप्पणी गरे। उनले भने, ‘दलीय प्रक्रियामा दलको विकल्प हुन सक्छ। त्यसको समय अनुकुल अगाडी बढ्न सकिन्छ। तर, व्यवस्था, संविधान र लोकतान्त्रिक गणतन्त्रको विकल्ल कसैले सोच्न सक्छ भने हामी मुखर्दशक भएर बस्न सक्दैनौँ। त्यसतर्फ नेकपा एमालेको ध्यानर्षण भएको छ।’

नेता कँडेलले ज्ञानेन्द्र शाहले वीरेन्द्रनगरमा दिएका अभिव्यक्तहरु उनका निम्ति र केही मान्छे जम्मा भएर रमाउनेलाई ठिकै भएता पनि मूलुकलाई शान्ती र एकतावद्ध नबनाउने व्यख्या गरे। उनले भने, ‘त्यसले द्धन्द्ध निम्ताउँने परिस्थिति निर्माण हुन्छ। सहभागी सबै भए होलान् आयोजक जो भनेका छन् तिनको पार्टी छ। हामी सबैलाई चिन्दछौँ। तिनीहरु निर्वाचन आयोगमा दर्ता भएका छन्। तिनको ब्यानर छ। झण्डा छ। तर, त्यो कार्यक्रममा देखिदैन्।’

यस्तै, कँडेलले राजालाई नेता बन्ने किसिमको रहरछ भने र राजनीति गर्ने भए पार्टीको अध्यक्ष भएर जनाताको बीचमा गएपछि आफुले सहज रुपमा लिने बताए। उनले भने, ‘जनताले तिनैलाई अनुमोदन गरेछन् भने हामी नयाँ बाटोबाट अगाडी बढ्ने अवस्था निर्माण हुन्छ। अनेथा त्यो विचारले, तरिकाले समाजमा द्धन्द्ध निम्ताउँने बाहेक अरु विकल्प हुँदैन्। राज्य कुनै धर्म सापेक्ष हुँदैन्। तर, हाम्रो देश बहु धर्म, बहु सांस्कृति देश भएको सबैलाई थाहा छ। नेपालीहरु बहुसंख्यक हिन्दु छन्। तर, जसले हिन्दु राज्य भनेर सिकाई रहेको छ। सहयोग गरिहरहेको छ। के त्यो मूलुकले आफुलाई त्यो बाटोमा हिडाईरहेको छ?’

साथै उनले यस्तो समाजमा द्धन्द्ध चर्काउने, हामीले प्राप्त गरेकाप्रति प्रश्न चिह्न खडा गर्ने, फेरी पञ्च्यात, फेरी राजतन्त्र फर्काउने कुरा सपना मात्रै भएको उल्लेख गरे। साथै उनले संविधानको पालना संविधानको कार्यन्वयन गर्ने र संविधान अनुसार जनतालाई आश्वस्थ बनाउने ठाउँमा पुगेका सबै जनप्रतिनिधि तथा निकायलाई संविधानमा रहेर काम गर्न आग्रह गरे।

 

तपाईको प्रतिक्रिया