शिक्षामा गुणस्तर ल्याउन बाल शिक्षामा सुधार हुनुपर्छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षाको गुणस्तर सुधार गर्न बाल शिक्षालाई सुधार गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री शर्माले शिक्षाको आधार बाल शिक्षा उल्लेख गर्दै जग बलियो भएमात्र घर बलियो हुने बताए ।



शिक्षा पत्रकार समुहले वीरेन्द्रनगर आयोजना गरेको मुख्यमन्त्रीलाई बालबालिकाको चिठि हस्तान्तरण तथा कर्णालीमा विद्यालय शिक्षाको अवस्था विषयक प्रादेशिक बहस कार्यक्रमलाई सम्वोधन गर्दे मुख्यमन्त्री शर्माले शिक्षाको गुणस्तर सुधारमा तीन तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताए । स्थानीय तहलाई शिक्षाको जिम्मेवारी रहेको भएपनि तिनै तहका सरकारले आधारभूत र बाल शिक्षा सुधार गर्न आपसी सहकार्य गरे मात्रै शैक्षिक नतिजा सुधार गर्न सकिने उनले बताए ।

कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि १० जिल्लामा १० वटा नमूना विद्यालय बनाउने गरी आवश्यक कार्य अघि बढाउन लागेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । ठूलो भूगोल, भौगोलिक विकटता, न्यून वजेट जस्ता कारणले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गर्न नसेको बताउँदै उनले आगामी पाँच वर्ष भित्र शिक्षा क्षेत्रमा व्यापक हेरफेर गरी सुधार ल्याउने बताए । कार्यक्रममा कर्णालीका विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीले लेखेका चिठी मुख्यमन्त्रीलाई हस्तारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया