चीनमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्रदयघात

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्रदयघात भएको छ। बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन गएका मन्त्री श्रेष्ठको स्वास्थ्यमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति साढे १ बजे बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको छ। ​



चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि अस्पताल भर्ना गरिएको थियो। हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ। सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन्। उनी गत असोज २९ गते चीन गएका थिए।

तपाईको प्रतिक्रिया