सदस्यता सुदृढिकरणमा विभेद भएको भन्दै प्रेस चौतारीको ध्यानाकर्षण

सुर्खेत । सदस्यता सुदृढिकरणमा विभेद भएको भन्दै प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ महासंघ कर्णाली प्रदेश समितिले सदस्यता सुदृढिकरणमा विभेद गरेको भन्दै प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिले महासंघलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रकार महासंघको साझा चरित्र माथि प्रश्न उठ्ने गरी काम नगर्न चेतावनी दिदै पत्रकार महासंघ कर्णाली समितिका अध्यक्ष देविराम देवकोटा र महासचिव खगेन्द्र भट्टराईलाई ध्यानकर्षण पत्र बुझाएको प्रेस चौतारीले बताएको छ ।



ध्यानाकर्षण पत्रमा भनिएको छ, नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धिकरण गर्दै व्यवसायिक तथा श्रमजीवि पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्ने असल मनसायका साथ पे्रस चौतारी नेपालले सदस्यता शुद्धिकरणको एजेण्डा अघि सारेको हो । चौतारीले उठाएको एजेण्डामा पूर्ण प्रतिवद्ध रहेर हामीले सदस्यता शुद्धिकरण अभियानमा साथ र सहयोग गरेको अवगत गराउन चाहान्छौं । तर नेपालपत्रकार महासंघ, केन्द्रीय समितिले मिति २०८० असोज २६ गते सार्वजनिक गरेको सूचनातथा सदस्यहरुको सूचीप्रतिहाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्तै पत्रमा उल्लेख गरिएको छ, यो महासंघले निर्धारण गरेको १५ बुदे मापदण्ड, महासंघको सुर्खेत साधारणसभाबाट गरिएको सर्वसम्मत निर्णयको भावनाविपरीत छ । कर्णालीका व्यवसायिक तथा क्रियाशिल पत्रकारहरुलाई महासंघबाट अलग राखेर जारी गरिएको उक्त सूचीप्रति पे्रस चौतारी नेपाल, कर्णाली प्रदेश समिति गम्भीर आपत्ति प्रकट गर्दछ । पत्रकार महासंघ प्रदेश समितिले जिल्ला शाखाले सर्वसम्मत निर्णय गरेर पठाएको विवरणमा समेत हेरफेर गरेर थप विवाद सिर्जना गरेको देखिन आएको छ ।

उदाहरणका लागि, दैलेखका ४ जना क्रियाशिललाई नविकरण नगरिएको, ४ जना सक्रिय पत्रकारलाई नियतवश सदस्यताबाट बञ्चित गरिएको छ । कालीकोटमा पनि जिल्ला शाखाले सर्वसम्मत गरेको निर्णयलाई थपघट गरी गिजोल्ने कार्य भएको छ । जुम्लामा पूर्वाग्रही भएर निर्णय गर्दा त्यहाँ महासंघको कार्यालयमा हाम्रो संगठनले तालाबन्दी गरेको अवस्था छ । सुर्खेतमा महासंघ जिल्ला शाखाले नवीकरण र नयाँ सदस्यता सिफारिस सर्वसम्मत गरेको अवस्थामा पनि जिल्लाको निर्णय विपरीत विवाद बढ्ने गरी नयाँ सदस्यता सिफारिस नगरेको र नविकरण भएकाहरुको शुद्धिकरण गरिएको छ ।

शुद्धिकरण गर्दा उस्तै–उस्तै मापदण्ड लागू हुने हकमा पनि चौतारीमा आस्थावानलाई लक्षित गरी निर्णय गरेको पाइएको छ । डोल्पामा पनि जिल्ला शाखाले गरेको सर्वसम्मत निर्णयलाई पन्छाइएको छ । निकै लामो गृहकार्य पश्चात जिल्लाले सहमति जुटाएका विषयमा समेत महासंघ प्रदेशले हेरफेर गर्दा अहिले कर्णालीका सबै जिल्लामा विवाद सिर्जना भएको छ । यही विवाद कायमै रहेमा पत्रकार महासंघको साझा चरित्र माथिप्रश्न उठ्नुका साथै आसन्नमहासंघको निर्वाचनसमेत प्रभावित हुने चेतावनीदिन चाहान्छौं ।

अतः महासंघ नेतृत्वले आफू निकट व्यक्तिहरुको सदस्यता कायमै राख्ने, चौतारीमा आस्थावान क्रियाशील पत्रकारहरुको सदस्यता शुद्धीकरणका नाममा हटाउने जुनकार्य भएको छ, यसलाई समयमै सच्याउन माग गर्दछौं । आफैले निर्माण गरेको मापदण्डलाई आफै लत्याउने जुन कार्य भएको छ, यसले पत्रकार महासंघको गरिमामा समेत आँचपुगेको छ । त्यसैले महासंघ प्रदेशले यसअघि गरेका निर्णय सच्याएर अघि बढ्न पे्रस चौतारी नेपाल कर्णालीप्रदेश हार्दिक आग्रह गर्दछ ।

तपाईको प्रतिक्रिया