काेशीका मुख्यमन्त्रीकाे आग्रह : प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न विश्वासको मत दिनुहाेस्

काठमाडाै‌ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन विश्वासको मत दिन प्रदेशसभा सदस्यहरूलाई आग्रह गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन सबै प्रदेशसभा सदस्यले आफूलाई विश्वासको मत विश्वास व्यक्त गरेका हुन् ।



उनले संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउन पनि आफूलाई विश्वासको मत दिन आग्रह गरे ।

‘प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचनमा प्रदेशलाई जान नदिन सम्पूर्ण माननीय प्रदेशसभा सदस्यज्यूहरूले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वासका साथ विश्वासको मत लिने प्रस्ताव पेस गर्न उभिएको छु,’ उनले भने, ‘त्यसले प्रदेशसभा विघटन र मध्यावधि निर्वाचनमा जान नदिन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई विश्वासको मत दिन आग्रह गर्दछु ।’

तपाईको प्रतिक्रिया