साना किसान सहकारी साटाखानीको नाफा ७५ लाख

सुर्खेत । साना किसान कृषि सहकारी सस्था लिमिटेड साटाखानीले ७५ लाख २८ हजार ४सय ९३ रुपैया ४० पैसा नाफा आर्जन गर्न गरेको छ । सस्थाले आर्थिक वर्ष २०७९।८०मा सो वरावरको नाफा आर्जन गरेको हो ।



२० औ वार्षिक साधारण सभामा प्रतीवेदन प्रस्तुत गर्दे सहकारी सस्थाका अध्यक्ष यामप्रसाद आचार्यले सहकारी आव २०७९।८०मा खुद नाफा ७५ लाख २८ हजार ४सय ९३ रुपैया ४० पैसा नाफा आर्जन गरेको जानकारी दिए । सहकारी किसानका लागी काम गर्दे आएको वताए । सहकारीले किसानलाई आत्मनिर्भर वनाउने विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

कार्यक्रममा लेकवेशी नगरपालिका सुर्खेतका प्रमुख उमेश पौडेलले सहकारी सस्थाले ानम अनुसारको काम गर्न सफल भएको वताए । उनले कृषिलाई व्यवसायीक वनाउन आवश्यक रहेको वताए । परम्परागत कृषि वाट सोचे अनुसारको आम्दानी लिन नसकीने भएकाले व्यवसायीक हुनु आवश्यक रहेको उनको भनाई थियो । कृषि उत्पादनका लागि लागत घटाउन आवश्यक रहेकाले नगरपालिकाले त्यस्ता कार्यक्रम गर्ने उनको भनाई थियो ।

इन इलम परियोजना हेल्भेटास नेपालका कर्णाली प्रदेश संयोजक टेक वहादुर सिहले सहकारीले गरेका काम प्रभावकारी भएको वताए । उनले देशको अर्थतन्त्र वलियो वनाउन घर वाटै सुरु गर्नुपर्ने वताए । आफ्नो उत्पादन गरेर आफुले प्रयोग गर्ने तथा सहकारीले गर्ने हरेक कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरे । किसानको उत्पादन वढाउनका लागी सहकारीले उनीहरुको उत्पादनको वजारीकरणमा ध्यान दीनु पर्ने वताए ।

कार्यक्रम मा उतृष्ट कर्मचारी अर्जुन सापकोटा , लगायत उत्कृष्ट वचतकर्ता, उत्कृक्ष्ट ऋणी तथा जेष्ठ नागरिकहरुलाइ समेत सम्मान गरिएको थियो । सस्थाका अध्यक्ष याम प्रसाद आचार्यको अध्यक्षता र लेकवेसी नगरपालिकाका प्रमुख उमेश कुमार पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा लेकवेसी नगरपालिकाका उपप्रमुख विमला खड्लुक, इन इलम परियोजना हेल्भेटास नेपालका कर्णाली प्रदेश संयोजक टेक वहादुर सिह, साना किसान लघुवित्त वित्तिय सस्थाका इलाका प्रवन्धक हरि न्यौपाने लगायत लेकवेशी नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया