दुई महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडाै । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२.१ एक प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ ।



गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २८.३ प्रतिशतले घटेर ७४ हजार ४५५ रहेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८.३ प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

 

तपाईको प्रतिक्रिया