कालीकाेटमा बाेलेराे दुर्घटना हुँदा चालककाे घटनास्थलमै मृत्यु

सुर्खेत । कालीकाटमा बाेलेराे दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । मंगलवार बिहान ३  बजेकाे समयमा जिल्लाकाे सान्नीत्रिवेणी गाउँपालिका-३, सिस्नेगडामा  ग १ ज ५७९५ नम्वरको डबल क्याप बोलेरो  दुर्घटना हुँदा चालक सक्कल भनिने शुसील शाहीको घटना स्थलमै मृत्यु भएको हो ।



बाजुराबाट जिल्लाकाे जिते बजारतर्फ आउदै गरेकाे अवस्थामा जीप दुर्घटना भएकाे जनाइएकाे छ । प्रहरका अनुसार जीप सडकभन्दा करिव ५० मिटर तल कर्णाली नदीकाे किनारमा खसेकाे छ ।

तपाईको प्रतिक्रिया