आज पनि चट्याङसहितको वर्षा हुने

सुर्खेत । पश्चिमी वायुको प्रभाव रहँदा आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।



विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने भन्दै विभागले यसको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया