सुर्खेत । सुर्खेतमा प्रहरीले भन्सार छलेर ल्याइएको कारसहित एक जनालाई पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ बस्ने दिनेश बस्यालले भन्सार छलेर ल्याएको बा १८ च २७२२ नम्बरको कारसहित बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रहरीले बस्याललाई आफ्नै घर अगाडि उक्त कार चलाइरहेको अवस्थामा फेला पारेको थियो । उक्त कार र बस्याललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।


नेपाल कर्म । २९ आश्विन २०८०, सोमबार १५:३७