ठुलाे मात्रामा अवेध चीनी बरामद

सुर्खेत । सुर्खेत प्रहरीले ठुलाे परिणाममा अवैध चिनी बरामद गरेको छ । गए राती ८ बजेकाे समयमा नेपालगंञ्जबाट दैलेख लगिदै गरेका १ लाख ५२ हजार बराबरको अवैध चिनी बरामद गरेको जनाएको छ । प्रहरीले ५० केजीको २६ बोरा र २५ केजी को २४ बोरा गरी जम्मा सानो ठुलो गरी ५० बोरा चिनी सुर्खेत सुब्बाकुना चेक पोष्ट बाट बरामद गरेको हो ।



सुब्बाकुना चेक पोष्ट अगाडी डिउटीमा खटिएको प्रहरी टोलीले नेपालगंजबाट दैलेख तर्फ जादै गरेको भे १ ख ३१४४ नम्बरको ट्रक लाई चेकजाचँ गर्दा लुकाई छिपाई राखेको बिल नभएको अवैध चिनीको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया