सुर्खेत । राष्ट्रिय प्रजातन्त्रका पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा ४८ सिट क्षमताका विमान अवतरण हुने खालको विमानस्थल निर्माण गर्न लागेको बताएका छन् । सुर्खेत आएका शाहीले सञ्चारर्कीसँगको भेटमा २०२९ सालपछि पहिलो पटक जुम्ला विमानस्थल विस्तार गर्न लागेको बताएका हुन् ।

उनले पर्यटनलाई प्रवद्र्धन गर्न ठूला सिट क्षमताको विमानस्थल जरुरी रहेको र त्यसका लागि प्रक्रिया शुरु गरिएको बताए । मन्त्रीपरिषद्ले विमानस्थल विस्तारका लागि निर्णय गरिसकेको र बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको शाहीले जानकारी दिए ।


‘कर्णालीलाई कृषि र पर्यटन हब बनाउने गरी जुटेको छु,’ शाहीले भने, ‘विमानस्थल स्तरोन्नतिसँगै बाँकेको जमुनाह–महावु–नाग्चेनाङ्ला सडकको काम समेत भइरहेको छ ।’ कालिकोट खण्डमा दुई किलोमिटर सडक निर्माण खन्न बाँकी रहेकाले समयमै काम सक्न मातहतका निकायको सम्पर्कमा रहेको उनको भनाई छ ।
रारा–शे–फोक्सुण्डो जोड्ने मागका लागि पनि काम थालिएको शाहीले बताए । ‘हिजो के भयो अब हामी चाहदैनौं, अब हुने काममा ढिलासुस्ती, भ्रष्टाचार जस्ता कार्यम हामी सहेर बस्दैनौं,’ शाहीले भने, ‘रारा पर्यटन वर्षको अनियमितता खोज्न लेखा समितिले रहेकाले त्यसले थप अनुसन्धान अघि बढाउनेछ ।’

नेपाल कर्म । १४ जेष्ठ २०८०, आईतवार १०:४८