सुर्खेत । नीजि विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन वीरेन्द्रनगर कमिटीले चाडपर्व लक्षित शुभकामना आदान प्रदान गरेको छ । शनिवार प्याब्सन नगर कमिटी वीरेन्द्रनगरको आयोजनामा दशैं, तिहार तथा छठ पर्व २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।


नगर कमिटी अध्यक्ष ध्रुवबहादुर सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्याब्सन केन्द्रीय उपाध्यक्ष कमलकुमार सिंहले दशैं र तिहारका बारेमा विद्यमान धार्मिक तथा सांस्कृतिक पक्षका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमको विशेष अतिथिका रुपमा केन्द्रीय सचीव राजु रोकाय, केन्द्रिय सदस्य सरद भण्डारी, प्रदेश अध्यक्ष महेन्द्र पुन प्याब्सन प्रदेश, जिल्ला तथा नगर कमिटीका पदाधिकारी एवम् सदस्य तथा विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


नेपाल कर्म । २७ आश्विन २०८०, शनिबार १७:३७