जाजरकाेटमा एक युवककाे शव फेला

सुर्खेत । जाजरकोटमा एक जना युवाको श‌कास्पद अवस्थामा शव फेला परेको छ । जिल्लाको शिवालय गाउँपालिका–६ रिसिनाका अन्दाजी २१ वर्षीय वीरेन्द्रकुमार बिसीको शव शनिबार विहान ११ बजे जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।



मृतक विसी घरबाट दुईदिनअघि निस्किएका थिए । दुईदिनसम्म पनि उनी घरमा नआएपछि परिवार तथा स्थानीयले खोजि गर्दै जाँदा जंगलमा मृत फेला परेको अस्थायी प्रहरी पोष्ट थालाका प्रहरी सहायक निरीक्षक बमबहादुर कठायतले जानकारी दिए ।

उनका अनुसार मृत विसी शिवालय गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर बुढाका छोरा हुन् । हाल उनको शव घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया