हेर्नुहाेस् दसैँमा टीकाको शुभ साइत

काठमाडाैं  ।  हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडा दसैँ आउन अब केही दिन मात्र बाँकी रहेको छ । विशेषगरी यस चाडको दशौँ दिनलाई महत्वपूर्ण मानिन्छ । किनभने दशौँ दिनमा मान्यजनहरूबाट टीका ग्रहण गरेर आशीर्वाद लिने गरिन्छ ।



धार्मिक तथा सांस्कृतिक महत्वको चाड दसैँको टीका चाहिँ कुन साइतमा ग्रहण गर्ने ? यसबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विज्ञप्तिमार्फत् विभिन्न देशमा विजया दशमीको टीका ग्रहण गर्ने शुभ साइतबारे जानकारी दिएको छ ।

समितिका अनुसार नेपालमा टीका ग्रहण गर्ने उत्तम साइत कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । यस्तै, भारतको दिल्लीमा २४ अक्टोबरका दिन १०ः५५, २३ अक्टोबरका दिन अमेरिकाको न्यूयोर्कमा १०ः४७, केन्टुकीमा ११ः३१, टेक्सासमा ११ः०३, वासिङ्टनमा १०ः५३ र क्यालिफोर्नियामा १०ः३१ बजे टीका ग्रहण गर्ने शुभ साइत रहेको छ ।

यसैगरी टोरोन्टो, क्यानडामा २३ अक्टोबरकै दिन ११ः१७ मा टीका ग्रहण गर्दा राम्रो हुने मानिएको छ भने भ्यानकुभरमा टीकाको साइत ११ः३५मा रहेको छ । यता, २४ अक्टोबरका दिन जापानको टोकियोमा १०ः४५, अष्ट्रेलियाको सिड्नीमा ११ः१५, मेलबर्नमा ११ः३५, ब्रिसबेनमा १०ः२५, क्यानवेरामा ११ः२१ टीका थाप्ने उत्कृष्ट साइत रहेको छ भने न्यूजिल्याण्डमा सोही दिन ११ः२१, पोर्चुगलमा ११ः२३, बेलायतमा ११ः३१, फ्रान्समा ११ः२५, नर्वेमा ११ः३५, मलेसियामा ११ः१५, यूएईमा ११ः०५, कतारमा ९ः५९, थाइल्याण्डमा १०ः३९, दक्षिण कोरियामा ११ः३१, इजरायलमा ९ः२५, सिङ्गापुरमा ११ः०५, हङ्कङमा ११ः०१, साउदी अरबमा ९ः११, म्यानमारमा १०ः३१ र स्वीट्जरल्याण्डमा ११ः५५मा विजया दशमीको टीका ग्रहण गर्ने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया