अफगानिस्तानमा प्रहरीद्वारा हातहतियार बरामद

एजेन्सी । पूर्वी अफ्गानिस्तानको वर्दक प्रान्तमा प्रहरीले हातहतियार र गोलाबारुद बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता युसुफ इसरारले बिहीबार बताएका छन् ।



बरामद गरिएका हतियारमा आठ थान कलाश्निकोभास, एक थान पेस्तोल, हजारौँ गोली तथा अन्य सैन्य उपकरण रहेको प्रहरीले जनाएको छ।

हालै बिहसुद र जलरेज जिल्लामा मोर्टार फेला परेको विज्ञप्तिमा उल्लेख छ।

गत साता स्थानीय प्रहरीले उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आरपीजी–७ सहितका हातहतियार र गोलाबारुद फेला पारेको थियो।

सरकारले युद्धग्रस्त अफगानिस्तानमा कानुन तथा सुरक्षा व्यवस्था सुनिश्चित गर्ने प्रयासस्वरूप सुरक्षा निकायभन्दा बाहिरका जो कोहीबाट हातहतियार तथा गोलाबारुद फिर्ता गर्ने प्रयास थालेको छ।

तपाईको प्रतिक्रिया