सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका–५ मा रहेको विद्या ज्योति माविमा असोज २४ गते बाल अधिकार समूहको पुर्नगठन तथा कार्ययोजना बैठक गरिएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजना र विद्याज्योति सहनशील बाल अधिकार समूहको समन्वयमा उक्त बैठक गरिएको हो।


विद्या ज्योति माविका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूको भेलाले १३ सदस्यीय बाल अधिकार समूह पुर्नगठन गरिएको छ।
जसको अध्यक्षमा भुबिन नेपाली, उपाध्यक्षमा विष्ना विक,सचिव नवराज बुढा, सह–सचिव झरना तिरुवा र कोषाध्यक्षमा नवराज महतरा चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा यमुना ओड, रेखा ओड, कोपिला विक, निखिता लिम्बू, युवराज विक, विमल ओड, हिमाल नेपाली र मनोज रावल लगायत रहेका छन ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र रावलले आफ्नो अधिकारका निम्ति आफै लड्नुपर्ने र अधिकार सँगसँगै कर्तव्य पनि नबिृसिनु पर्ने बताए।
अध्यक्ष रावलले यस बाल अधिकार समूह पुर्नगठनले बालिकाहरूआफू सचेतहुँदै समाज परिवर्तन गर्न सक्ने क्षमता अभिवृद्धि होस भन्ने शुभकामना दिँदैस्कूलस्तरमा भएका समस्याहरु व्यवस्थापनतर्फ लिने कुरामा समूहलाई आफुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
यस्तै, कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले गत वर्ष गठन गरेको बाल अधिकार समूहले एक वर्षमा आफूले गर्ने गतिविधि पूर्णरुपमा सम्पन्न गरेको र अबका दिनहरूमा पनि नयाँ समूहले उत्कृष्ट काम गर्नु पर्ने विश्वास व्यक्त गरे।
गठन गरिएको समूहले एक वर्षको कार्ययोजना पनि तयार पारेको छ। कार्ययोजनामा मंसिर महिनामा कपडी प्रतियोगिता र सडक नाटक, पौष महिनामा निबन्ध प्रतियोगिता र भलिबल प्रतियोगिता, माघ महिनामा कविता वाचन र चित्रकला प्रतियोगिता र फाल्गुन महिनामा सडक नाटक र वक्तृत्वकला प्रतियोगिता गर्ने भएको इन्सेक सुर्खेत सहजकर्ता ललिता विश्वकर्माले जानकारी दिइन्।

नेपाल कर्म । २५ आश्विन २०८०, बिहीबार १४:३९