वीरेन्द्रनगरबाट लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।



लागूऔषध ब्युरो सुर्खेतबाट खटिएको ५ जना र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले गोप्य सुचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका–८ बस्ने २६ वर्षीय खगेन्द्र सारु पक्राउ गरेको जनाएको छ।

खगेन्द्रको साथमा लुकाई छिपाई राखेको नाप तौल नगरेको १५ पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेपछि पक्राउ गरेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया