एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत 

सुर्खेत । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अछामका कृष्णप्रसाद जैसी अध्यक्षमा सर्वसम्मत भएका छन् । पूर्वउपाध्यक्ष भीम रावल पक्षलाई २ उपसचिव दिएपछि नेतृत्वमा सहमति जुटेको एमाले नेता भरत खड्काले बताए ।



रावलकै जिल्लावासी ‌जैसी अध्यक्ष चयन भएका छन् । त्यसैगरी बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर चन्द सचिव, रावल पक्षका नरबहादुर विक उपसचिव र महिला उपसचिव भागिरथी विष्ट भएका छन् ।

अध्यक्ष केपी ओलीनिकट नेताहरूबिचै बुधबार नयाँ नेतृत्वका लागि भागवण्डा भएको थियो । कर्णबहादुर थापा पक्षलाई अध्यक्ष र दामोदर भण्डारी तथा लालबहादुर थापा पक्षलाई उपाध्यक्ष सचिव दिने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया