सुर्खेत । काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका–४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका २४ वर्षीय विजय खनालको मृत्यु भएको हो ।
बिहीवार बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्ने क्रममा बसले खनाललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएकाे छ ।

उनकाअनुसार ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक खनालको शव पोष्टमार्टमका लागि घोराही अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


नेपाल कर्म । २५ आश्विन २०८०, बिहीबार १३:०९