कालीकोटबाट मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । कालीकोटबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।



शुभकालिका गाउँपालिका–८ स्वाडागाँउ बस्ने अन्दाजी ३० वर्षीय दिपकबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत जुम्लाले शाहीलाई गत भदौं २१ गते पत्र लेख्दै प्रहरीलाई पक्राउका लागि अनुमति दिएको थियो।

शाहीलाई प्रहरी चौकी हाउडीबाट खटिएको ४ जनाको प्रहरी टोलिले घरबाटै पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया