सुर्खेत । कर्णाली प्रदेश सरकारले इजरायलमा मृत्यु भएको परिवारलाई तीन लाख रकम दिने भएको छ।
सरकारले इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा मृत्यु भएका विद्यार्थीका परिवारलाई तीन लाख रकम दिने निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलमा मृत्यु भएका कर्णालीका नागरिकका परिवारलाई तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।

उनका अनुसार बैठकले इजरायलमा रहेका नागरिकको छिटो उद्धारका लागि संघीय सरकारलाई आग्रह गरेको छ।

यस्तै बैठकले नेपाल बार एशोसियनको नियमित वार्षिक साधारण सभाका लागि १५ लाख रुपैयाँ सहयोगरअनुदान प्रदान गर्ने निर्णय गरेको छ।
साथै भदौ र असोजमा अविरल वर्षा तथा हावाहुरी लगायत प्राकृतिक प्रकोपवाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएको बालीनाली तथा पशुपन्छीहरु क्षति भएकोमा कृषकहरुलाई ६ करोड रुपैयाँ राहात प्रदान गर्न स्वीकृति दिएको छ।

नेपाल कर्म । २४ आश्विन २०८०, बुधबार १४:४६