इजरायलबाट पदम थापाले भाउजूलाई ‘म मरे’ भनेर अन्तिम म्यासेज पठाएका थिए

काठमाडौँ । डोटी जिल्लाको आदर्श गाउँपालिका–५ घर भएका पदमा थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल गएका थिए।



सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका हुन थापा।

इजरायल पुगेको एक महिना नपुग्दै पेलेस्टायनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परि सदाको लागि सुन्दर सपनालाई बुन्न नपाउँदै अस्ताए थापा ।

२३ वर्षीय पदम घरका कान्छा छोरा भएकाले पनि सबैका प्यारा थिए। उनी इजरायल गएपछि घरपरिवारसँग सधैंजसो सम्पर्कमा रहिरहन्थे।

खाना खाँदा सधैं उनी आफ्नो भतिजीसँग भिडियोकल गरेर मात्रै खाने गर्थे। प्रत्येक दिन बिहान भाउजू मेखु अधिकारीसँग पनि उनको भिडियोकल भइरहन्थ्यो।

तर, शनिबार भने कल नआउँदा भाउजूले आफैं कल गर्दासमेत रिसिभ नभएको र शनिबार दिउँसो करिब १ बजेतिर भाउजूलाई ‘म मरे’ भनेर उनकै फोनबाट म्यासेज आएको थियो।

इजरायलमा पेलेस्टाइन बिद्रोही समूह हमासले गरेको आक्रमणमा परी शनिबार दिउँसो उनी सदाका लागि अस्ताएका थिए।

तपाईको प्रतिक्रिया